राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल सर्वसम्मत निर्वाचित



२०७९ माघ २३, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । उनको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

अर्यालको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गरेका थिए । उनी निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए ।

अर्याललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत गठबन्धनले पनि समर्थन गरेको थियो । कांग्रेसले अर्याललाई समर्थन गर्ने निर्णय गरेसँगै उनी निर्विरोध भएकी हुन् ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  १२ : ४१ बजे