काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैछन् । रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज अन्तिम दिन रावलले विश्वासको मत लिन लागेका हुन् । ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने टुंगो नलागेकाले नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।














