सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, नागरिक उन्मुक्तिका सांसद अनुपस्थित



माघ २६ २०७९,धनगढी स् सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका छन् ।मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम दिन बिहीबार बसेको प्रदेशसभाको बैठकले सबैको ध्यान तानेको छ ।

नागरिक उन्मुक्तिका सांसदहरुको अनुपस्थिततिका कारण विश्वासको मत नपाउने अवस्थामा पुगेको छ । एमालेका नेता रावललाई मुख्यमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन थियो । तर, विश्वासको मत दिन नागरिक उन्मुक्तिले रेशम चौधरीसहित टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेकाको रिहाइ, चलाइएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको थियो ।

नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सम्भव छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।

प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार  ५ : २३ बजे