सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त हुने भएका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसको सरकार गठन हुने भएको हो
कांग्रेस संसदीय दलका नेता शाहलाई प्रमुख देवराज जोशीले आजैमुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभासमक्ष राखेको प्रस्ताव अस्वीकृत भए स्वतः पदमुक्त भएका थिए ।














