सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए शपथ



सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनलाई शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शाहसहित नेकपा एसका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराइएको छ ।

देउवाले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका शाहीले आर्थिक मामिला मन्त्रीको सपथ लिएका हुन् ।

प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार  ६ : ०३ बजे