काठमाडौं, १ फागुन । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
आजमात्रै नेपाल आएका विदेश सचिव क्वात्राले प्रधानमन्त्री दाहालसँग भेटर्वाा गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई भेट्न क्वात्रा साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।
यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।










