सत्ता गठबन्धन टुट्न सक्ने ओलीको संकेत



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

“पाँचदलीय गठबन्धन तोडिएपछि अहिले हाम्रो अर्को गठबन्धन बनेको छ । यसबाट हाम्रा साथीहरूमा आनन्दानुभूति देखिएको छ,” उनले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने पनि तयार हुनुपर्छ ।”

ओलीले अहिले एमाले नेतृत्वमा ेको बनेको गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिए ।ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरे ।

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  ७ : २८ बजे