सुत्केरी हुन नसकेकी महिलालाइ कांग्रेस नेता बजगाईको पहलमा हेलिकोप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौँ, ३ फागुन । कांग्रेस नेता तथा सांसद राजेन्द्र बजगाईको पहलमा उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ की एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

स्थानिय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएपछि २२ वर्षीया अनिता गुरूङलाई बुधबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

गोरखा धार्चे २ रुन्चेतकि गुरुङको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको सांसद बजगाईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन ।

अनिताका आफन्तले हेलिकप्टरका लागि पहल गरिदिन आग्रह गरेपछि नेपाली सेनाको हेलिकप्टर पठाएर अनिताको उद्धार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको सांसद बजगाईले जानकारि दिएका छन् ।

पर्यटन ब्यवसायीसमेत रहेका सांसद बजगाईले यसअघिसमेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् । गोरखामा उनले यसअघिदेखिनै सामाजिक कामलाइ प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार  ७ : ४६ बजे