काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच मतभेद देखिन थालेको छ।एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने प्रधानमन्त्री दाहाल राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।










