सांसद चन्द्र भण्डारीकी आमाको उपाचारका क्रममा निधन



४ फागुन, काठमाडौं । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु निधन भएको छ ।

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएपछि उनलाइ कीर्तिपुर अस्पतालमा उपचार थालिएको थियो ।गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो ।

उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०:५७ मा भण्डारीको मृत्यु भएको हो ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहिबार  ११ : ५५ बजे