काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्।प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कैदा माफी दिएकी हुन् । आइतबार विहान रिहा भएका चौधरीको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत थुप्रै समर्थकहरु कारागार पुगेका थिए ।
उनि टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका थिए।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
एक दशक अगाडीका सो मुद्धा अनुसार ६ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो।










