राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिने माओवादीको निर्णय



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) को अनज बसेको पदाधिकारी बैठक सकिएको छ ।बैठकले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको तर्फबाट निर्णय लिने अधिकार प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने पनि औपचारिक निर्णय भएको उनले जानकारि दिए ।महराले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको जानकारी दिए। गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादीको स्वार्थ रहेको र यसैमा केन्द्रीत रहेर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजि गरिने उनले बताए।

उनले कांग्रेस नेताहरूसँगको छलफल स्वाभाविक भएको पनि बताए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार  ७ : ११ बजे