प्रचण्डलाई भेट्न देउवा पुगे बालुवाटार, पुरानो गठबन्धन ब्युँतिन सक्ने



काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार जानुअघि देउबाले आफ्नै निवास धुम्बाराहीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए ।

देउवा र प्रचण्डबिचमा कुरा मिले पुरानो सत्ता गठबन्धन ब्युँतनि सक्ने नेताहरू बताउँछन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिइसकेको बताइएको छ ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी दौडधुपमा छन् ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ७ : ०८ बजे