१२ फागुन, काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति बनेको छ ।यससँगै पुस १० गते सरकार गठनका लागि बनेकोएमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ ।
बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।“व्यक्तिका सन्दर्भमा कांग्रेसले निर्णय गर्नेछ । सहयोग गर्ने निष्कर्ष निकाल्यौँ । पात्रका सम्बन्धमा कांग्रेसले निर्णय गर्नेछ,” उनले भने ।
बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेको बताइएको छ ।
प्रचण्डको प्रस्तावलाइ बैठकमा सहभागि दलहरुले समर्थन गरेसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने र यसअघि बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नँया गठबन्धन बन्ने तय भएको हो ।










