कर्णाली, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन् ।
आज सुर्खेतमा पुगेका नेता खनालले पत्रकारसँग भने, “पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए । उनले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताए । नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आश गर्न नसकिने तर्क गरे ।
नेता खनालले अगाडि भने, “देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन ।” राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा (एमाले)ले पठाएको पत्रबारे पार्टीमा छलफल भईरहेको उनले प्रतिक्रिया दिए ।










