सरकारबाट बाहिरिने एमालेको निर्णय



फागुन १५ काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै एमालेले सरकार छाड्ने भएको हो ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  १२ : ४६ बजे