मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा



सुन्दरहरैँचा, २१ फागुन । लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए ।

तीन लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उनले बताए । सो हलमा एक सय ३० सिट क्षमता छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे