सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेसँगै उनले विश्वासको मत पाएका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ४ : ०३ बजे