जर्मनीमा गोली चल्दा कैयौँको मृत्यु



उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिसहरू मारिएका छन्।घटनास्थलमा प्रहरीको विशेष फौज परिचालन भएको अधिकारीहरूले बताएका छन्

‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ।

जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन।

“घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन,” प्रहरीले भनेको छ।

ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन्।

प्रहरी प्रवक्ता होल्गर भेरेनले “गोली चलाउने व्यक्ति पनि त्यही भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने” समाचार संस्था एपीलाई बताएका छन्।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ९ : ०९ बजे