बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय



चैत्र १०,काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ४ : ५२ बजे