भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म



काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ।

सरकारले सार्वजनिक गरेको नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको हो। उक्त समयतालिका कात्तिक १६ गतेदेखि लागू भई आगामी माघ १५ गतेसम्म कायम रहनेछ।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार कार्यालय समय एक घण्टा घटाइएको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०८३ आइतबार  २ : ०८ बजे