एकैदिन तोलामा ८ हजार ३ सय रूपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ।

शुक्रबार तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : कार्तिक १५, २०८३ आइतबार  ११ : २४ बजे