फ्रान्सका राष्ट्रपति म्याक्रोनले चीन भ्रमण गर्दै



चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमण गर्ने भएका छन् ।

उनले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिए।

भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ८ : १२ बजे