प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरु चयन(सूचीसहित)



चैत २३ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देबराज घिमिरेले समितिमा रहने सदस्यहरुको नाम वाचन गरेर सुनाएका हुन् ।

समितिमा सभामुख देवराज घिमिरे,उपसभामुख इन्दिरा राना मगर , तथा कानु न्याय तथा संसदीय मामिला मन्त्रीको अतिरिक्त दलीय आधारमा सदस्य रहने छन् ।

बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो । जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई अनुमोदन गरिएको हो ।

अनुमोदन गरिएको नामहरुमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सोशी ९चौधरी०, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

प्रकाशित मिति : चैत्र २३, २०७९ बिहिबार  ५ : ३४ बजे