मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ लाख बुझाएको ३ वर्ष पुग्दा पनि विदेश जान पाइएन



काठमाडौं, चैत २९ । विदेश जानेको लर्को बढ्दै जाँदा दैनिक करिब ३ हजारको हाराहारीमा बिदेसिने गरेका छन्।

विदेश जाने चक्करमा फसाउने एजेन्ट र फस्ने पीडितको संख्या पनि उत्तिकै रहेको छ। विदेश जाने सपना बुन्दै गर्दा विद्यार्थी तथा कामदारहरू विभिन्न एजेन्सीसँग पुग्छन् तर आफू कहाँ गएर फसिने हो, त्यो कसैलाई पत्तो हुँदैन। भोजपुर दावा नगरपालिका(३ का उत्तम खड्कासँग बसुन्धारामा रहेको जुम इन्टरनेसनल कम्पनीले क्रोएसिया पठाउने भन्दै ९ लाख ३८ हजार रूपैयाँ लिएको अहिले ३ वर्ष भयो। तर पनि खड्का विदेश जान पाएका छैनन्।

करिब १० लाख रूपैयाँ असुल गर्ने रूपन्देही सैनामैना नगरपालिका-६ का धनबहादुर घर्ती जुम कम्पनीका कर्मचारी हुन्। लाखौं पैसा उक्त म्यानपावरलाई बुझाउँदा खड्का जस्तै अन्य व्यक्ति पनि वर्षौं बितिसक्दा पनि बिदेसिन पाएका छैनन्। जुम इन्टरनेसनल कम्पनीले केही वर्षदेखि नै खड्का लगायत अन्य नेपालीलाई क्रोसिया पठाउने भन्दै लाँखौंलाख असुल गरेको पीडितको आरोप छ। उक्त कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको विभागले पनि जानकारी दिएको छ।

क्रोसिया जाने सपनाले अहिले घर न घाट भएको खड्का भन्छन्, ‘ऋण काढेर साडे ९ लाख पैसा जुम इन्टरनेशनल कम्पनी म्यानपावरलाई बुझाएको करिब ३ वर्ष हुँदा न विदेश जान सकियो न त पैसा नै फिर्ता आयो।’ वैदेशिक रोजगार विभागमा उजुरी दिएको महिनौ बित्दा पनि पैसा उठ्ने आसा अझै नभएको खड्काले बताए। भोलिर्समा नै भिजा आउँछ भन्दै पैसा असुल गर्ने गरेको जुम म्यानपावरले दुब्लिकेट भिजा बनाएर सयौं नेपालीलाई अन्योलमा पारी फसाउने गरेको पीडितहरूको गुनासो रहेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ०४ बजे