कांग्रेसको संगठनलाई रुपान्तरण गर्न जरुरि : प्रकाशमान सिंह



काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जन चहाना अनरुपको बैचारिक संगठन बनाउन नसके कांग्रेसका लागि आगामि दिन झन मुस्किल पर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन दोलखा जिल्लाको नवनिर्वाचित कार्यसमितको बधाई तथा प्रमाणपत्र बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । कांग्रेसको संगठन लाई समय अनकुल रुपान्तरण गर्न जरुरि भएको उनले बताए। पछिल्लो समय झनझन जटिल बन्दै गएकाले तमाम चुनौतिलाई सामना गर्न सक्ने ससक्त पार्टि निर्माणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

कांग्रेसको पार्टि संगठन अहिले जसरि चलेको छ यसमा सुधारको खाचो रहेको भन्दै सिंहले विधि प्रक्रियालाई बेवास्ता गर्दा यो अवस्थामा पुगिएको दाबि गरे ।राजनीतिमा सबै खाले उतारचढाव आउने भएकाले हतोत्साहि नभै जनताको सुखदुःखमा साथ दियर मन जित्न क्रियासिल हुन पनि उनले आग्रह गरे । सिंहले दोलखा जिल्ला पार्टि नेता कार्यकर्ताहरु सित समेत छलफल गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बरिस्ठ अधिबक्ता राधेश्याम अधिकारी दोलखा पार्टि सभापति बर्मा लामा लगायतले पछिल्लो राजनीति अवस्थाको बारेमा आफ्नो धारण राखेका थिए । कार्यक्रममा नवनिर्बाचित नेपाल ट्रेडयुनियन दोलखा जिल्ला कार्यसमितिका पदाधिकारिलाई प्रमाणपत्र बितरण गरियको थियो ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ४ : ५९ बजे