नक्कली शरणार्थी काण्डमा जोडिएका जोकोहीलाई पनि कडा कारबाही गर्नुपर्छः शेखर कोईराला



२७ बैसाख, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता डा कोईरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।

बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नक्कली भूटानी शरणार्थी बनाएर अर्बौैं रुपैयाँ घोटाला काण्डका दोषीलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन, उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन, तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  १२ : २६ बजे