आरजु राणाले दिइन् साइबर ब्युरोमा उजुरी, ‘फेक अडियो’ बनाउनेलाई कारबाहीको माग



सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

उनले बुधबार साइबार ब्युरो भोटाहिटीमा उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

“विभिन्न सञ्चार माध्याममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् रु उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,” देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ४ : ५६ बजे