२८ वैशाख काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकू शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ आग्रह छन् ।
पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले क्यान्टोनमेन्ट काण्डबारे अख्तियारलाइ अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे का हुन् ।
ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने भन्दै भ्रष्टाचारको काण्डमा निर्दोषलाई फसाउने हिसाबले चलखेल भइरहेको आरोप लगाए ।
ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताए।
च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए। तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए।
भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमाले सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए। तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ।










