भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्र हत्या भयो : आरजु राणा



जेष्ठ १ काठमाडौं स् नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा राणाले बोल्दै भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको रहेछ।’

राणाले आफू सामाजिक सञ्जालमा सक्रिय नहुँदा यस्ता कुरा थाहा नपाएको पनि उनले बताइन्।

‘यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको नियमन हुनुपर्‍यो,’ उनले भनिन्। उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ रु साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार)हो ।’

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ३ : ३५ बजे