पुल बनाउन माग गर्दै सांसदनै अनसन बस्नुपर्ने परिस्थिति बन्नु लज्जाजनक : सांसद गौतम



काठमाडौं । कांग्रेस सांसद प्रतिमा गौतमले आमरण अनसनमा बसेका सांसद सञ्जय गौतमका माग तत्काल पूरा गर्न पनि सरकारलाइ आग्रह गरेकि छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले आमरण अनसनमा बसेका सांसद सञ्जय गौतमका माग तत्काल पूरा गर्न सरकारलाइ आग्रह गरेकि हुन् ।

पुल बनाउन माग गर्दै सांसदनै अनसन बस्नुपर्ने परिस्थितिले देशको बिकासको दुरावस्थाको चित्रण गरेको पनि उनले दाबि उल्लेख गरिन् ।

बैठकको विशेष समयमा बोल्दै गौतमले समाजसेवाका नाममा बाल यौनदुराचार गर्ने मदन राईमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन् ।

गौतमले भनिन्, “खोटाङमा आश्राम खोलेर बालबालिकाको हकहित र संरक्षण गर्छु भन्दै मदन राई अघि बढ्नुभयो । तर, उहाँले बाल यौनदुराचार गर्नुभयो भन्ने कुरा बाहिर आयो । उहाँलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु । र, यो विषयमा के भइरहेको छ, सरकारलाई सदनमा जानकारी गराउन आग्रह गर्दछु ।”

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ८ : ०६ बजे