मस्को, ६ जेठ (रासस/एएफपी) : बखमुतमा लडिरहेको रूसको वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले शनिबार पूर्वी युक्रेनको बखमुतलाई पूर्ण रुपमा कब्जामा लिएको दाबी गर्नुभएको छ ।
युक्रेनले शहरको अवस्था ‘नाजुक’ रहेको स्वीकारेको छ, तर त्यहाँ अझै पनि केही जमीनी नियन्त्रण रहेको बताएको छ ।
“बखमुतमा भारी लडाईं छ । स्थिति गम्भीर छ,” उपरक्षामन्त्री गन्ना मल्यारले टेलिग्राममा लेख्नुभएको छ । उनले युक्रेनी सेनाले शहरको ‘आकाश क्षेत्र’ मा ‘रक्षा शक्ति कब्जा’ गरिरहेको दावी गरे । “अहिलेसम्म, हाम्रा रक्षकहरूले यस क्षेत्रमा केही औद्योगिक र पूर्वाधार सुविधाहरू नियन्त्रण गर्न सफल छन् ।”
बखमुतका लागि लडाईंको नेतृत्व गरेका वाग्नर समूहले शहरमा महिनौँसम्म चलेको युद्धमा ठूलो क्षति बेहोरेको विश्वास गरिएको छ ।
“आज मे २० का दिन मध्याह्नतिर बखमुतलाई पूरै कब्जा गरिएको छ,” प्रिगोजिनले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा भन्नुभएको छ ।
वाग्नर लडाकूहरूले मे २५ सम्ममा आधिकारिक रूसी सेनालाई हस्तान्तरण गर्नुअघि कब्जा गरिएको शहरको परीक्षण गर्ने बताएका छन् ।
प्रिगोजिनले भन्नुभयो, “मे २५ सम्ममा हामी बखमुतको पूर्ण परीक्षण गर्नेछौं, प्रतिरक्षाका लागि आवश्यक लाइनहरू सिर्जना गर्नेछौं र सेनालाई हस्तान्तरण गर्नेछौं । परीक्षणका लागि हामी आफै शिविरस्थलहरूमा जानेछौं ।”














