मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने



वासिङ्टन, १२ जेठ (रासस/एएफपी) : अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् ।

अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् । यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ ।

भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्नेछन् । जापानमा रहँदा रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे भ्रमण अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : ४३ बजे