मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रा. डा. आचार्य र केकी अधिकारीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ, १३ जेठ ।प्रा. डा. सुवासप्रसाद आचार्य र केकी अधिकारी अभिनय रहेको डा.ललितकुमार राजवंशीको नयाँ गित ’तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डा राजवंशीको शब्द संगित रहेको ‘तिमी र म’ बोलको गीतका गायक पनि डा. राजवंशी आफैं छन् ।

म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय रहेको छ ।

डा आचार्यसँगै अभिनेत्री केकी अधिकारीको पनि उत्कृष्ट अभिनय म्युजिक भिडियोमा छ ।

गीतका लेखक तथा गायक डा राजवंशी विराट मेडिकल कलेजको आइसीयू विभागका प्रमुख हुन् ।

डा आचार्यको यो छैटौं म्युजिक भिडियो हो ।यसअघि ’यो मन दिएँ’ गितको म्युजिक भिडियोमा डा. आचार्यले अभिनय गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : ०६ बजे