मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित छुः परराष्ट्र मन्त्री साउँद



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको औपचारिक घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ ।

‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखी जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउँदले भनेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : १६ बजे