देशभरका १४ स्थानमा ‘टाटा BS-6 प्राविधिक तालिम’ सुरू



काठमाडौं । नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा ६ दिने ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ आजदेखि सुरु भएको छ।

टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरुहरू) को सीप तथा दक्षता अभिवृद्धिका लागि ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको कम्पनीले जनाएको छ ।।

कात्तिक २० गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षण देशका विभिन्न १४ स्थानहरू- हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा र टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङरघोराही र वीरगञ्जमा सञ्चालन हुने छ।

तालिममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक भारत स्टेज-६ टाटा (BS-6) सवारी प्रविधिसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ। जसमा सवारीसाधनको विद्युतीय प्रणाली, ब्याट्री, मल्टिमिटरको प्रयोग, स्टार्टिङ र चार्जिङ सिस्टम, इन्जिन म्यानेजमेन्ट सिस्टम(eCU, सेन्सर र एक्टुएटर) का विषय समेटिएको कम्पनीले जनाएको छ । यसका साथै उत्सर्जन नियन्त्रण प्रणाली (CSR तथा LNT) र आधुनिक डायग्नोस्टिक टुल्स प्रयोग गरी समस्या पहिचान तथा निदान गर्ने सीप सिकाइनेछ।

यस कार्यक्रमले टाटा गुरुहरूलाई नवीनतम प्रविधिसँग अभ्यस्त बनाउनुका साथै उनीहरूको प्राविधिक र व्यावसायिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय सर्भिसिङ सेवा प्रवाहमा टेवा पुर्‍याउने कम्पनीले विश्वास व्यक्त गरेको छ।

यस कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्ति गुरुहरुलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले यो कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरेका हुन्।

प्रकाशित मिति : कार्तिक १६, २०८३ सोमबार  २ : ०५ बजे