४४ सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा २५ वटा नाफामा, सरकारले पायो ६ अर्ब लाभांश,



काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये १९ संस्थान घाटामा देखिएका छन् । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाशसरण महतले त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

अर्थमन्त्री महतले सार्वजनिक संस्थाको वार्षिक कार्य प्रगति, कार्य व्यवस्था, अध्ययन विश्लेषण गरिएकोमा सञ्चालन तथा व्यवस्थापनका कारणले ४४ संस्थानहरूमध्ये २५ वटा मात्र नाफामा रहेको बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब लाभांश प्राप्त गरेको छ। अर्थमन्त्री डा महतले प्रतिनिधि सभामा पेस गरेको सार्वजनिक संस्थानको समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो।

‘नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू। ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ,’ समीक्षा प्रतिवेदनमा उल्लेख छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ०।७४ प्रतिशतले कमी आई रू. १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेकोसमेत उल्लेख गरेको छ।

प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार  ४ : ३० बजे