मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीसँगको झडपमा मेक्सिकोमा दश जना मारिए



मेक्सिको सिटी, १६ जेठ (रासस/एएफपी) मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“सिभिल फोर्सका कर्मचारीलाई तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,”नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् । दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् । 

राजमार्ग भएको उक्त आक्रमण सङ्गठित अपराधमा संलग्न समूहले गरेको हो । आक्रमण हिंसा प्रभावित क्षेत्र न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेका छन् । 

सन् २००६ मा मेक्सिको सरकारले लागुऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा  बढी हत्या, करिब एक लाख बेपत्ताका घटना भएका छन् । ती दुवै घटनामा सङ्गठित आपराधिक गिरोह जिम्मेवार रहेको सरकारले बताउँदै आएको छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ५ : ५५ बजे