मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर



१७ जेठ,काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९७।२१ र बिकी दर ९८।६६ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६।३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६।७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०।१ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५।२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८।६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८।८३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ४८ बजे