नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० अंकमा झरेको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १।६३ अंक बढेको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो ।

फाइनान्सबाहेक लघुवित्त समूह ०.४२ प्रतिशत तथा व्यापार समूह ०.९२ प्रतिशतले बढेका छन्। यता बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा तथा अन्य समूहका परिसूचकमा भने गिरावट देखिएको छ।

त्यसैगरी सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ। विपरीत रूपमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको मूल्य समान ३.०४ प्रतिशतले घटेको छ।

आज ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ४ : ४२ बजे