काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।
शुक्रबार तोलामा १० हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला चार हजार ६ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














