मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुँदै



जेठ १७ काठमाडौं । सर्वोच्च अदालतमा आज रेशम चौधरीले आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ ।

टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशमलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिइएको थियो ।

घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएकी थिइन् ।

शारदाले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमबिरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।

तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी दुईदिन अघि डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ५७ बजे