मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी दिल्ली पुगेका छन्।

दाहालसँग ५ जना मन्त्री, ४७ जना सरकारी, ४१ जना निजी उद्योग व्यवसाय क्षेत्रका, ५ जना मिडिया प्रतिनिधि र डेढ दर्जन सचिव तथा सहसचिवहरू रहेका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरूलाई भेट्ने कार्यसूची रहेको छ।

सो क्रममा नेपाल र भारतको बीच केही सम्झौता हुने बताइएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ३ : १३ बजे