मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आरोही बुढामगरलाई कांग्रेस सभापति देउवाले गरे सम्मान



जेठ १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । बिहीबार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गरेका हुन् ।

उनले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताए । दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए ।

“दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना,” उनले भने, “दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशको लागि गर्वको कुरा हो ।”

सम्मानग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरूका लागि बाधा पर्ने कानुनहरूको अड्चन फुकाउनु रहेको बताए। उनले सरकारले शारीरिक अशक्त भएकाहरूलाई सरकारले कानुनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ०१ बजे