मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरण आज पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइदै



काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज लिइने भएको छ । आज ९शुक्रबार० पूर्वगृहमन्त्री खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान हुने छ । महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

बिहीबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान भएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ४७ बजे