मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय प्रधानमन्त्रीले पहिलोपटक सीमा बिबादबारे बोले : प्रधानमन्त्री दाहाल



जेठ २२, भारतीय प्रधानमन्त्रीले पहिलोपटक सीमा बिबादबारे बोले प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक स्पष्ट रुपमा बोलेको र सकारात्मक अभिव्यक्ति दिएको बताएका छन् । आजको प्रतिनिधि सभा बैठकलाई आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सीमा समस्या समाधानका लागि गम्भीर ढंगले आग्रह गरिएको बताए ।

“भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको छु,” उनले भने ।

उनले भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार आउनु सकारात्मक भएको बताए ।

“प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायत थाती रहेका सबै विषयमा समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ,” उनले भने, “लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।”

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ३५ बजे