मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त



काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई आज आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयलले विज्ञप्तिमार्फत जनाएको छ । साथै उल्लेखित राजदूतहरु क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४२ बजे