मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिबाट युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान



काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गरेका छन् ।

 युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा आचार्यलाई सो पुरस्कार प्रदान गरेका हुन् । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

 यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार  पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सो पुरस्कारको राशि रु २५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।  कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरे।

 कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन  लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ५८ बजे