मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने



काठमाडौं, जेठ २३ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल हुनेछ । हिजो आइतबार सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

सोमवार प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेकाले बजेटमाथिको छलफलले निरन्तरता दिन लागिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : २६ बजे