मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन



जेठ २३, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : ३१ बजे